Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन सर्त राख्नुपर्ने सुरेन्द्र पाण्डेको भनाई

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन सर्त राख्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा पाण्डेले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि नीतिगत व्यवस्था गरेर सर्त राख्नुपर्ने उनको भनाइ थियो ।

उनले चालु आर्थिक वर्षको १० महिनामा विदेशमा पढ्न जानेलाई राष्ट्र बैंकले ५१ अर्ब रुपैयाँ दिएको बताए ।

पाण्डेले विदेशमा गएर रेमिटेन्स सहयोग भएरनभएको वा राष्ट्रलाई योगदान पुग्ने अवस्थामा मात्रै पैसा दिने गरी व्यवस्था गर्दा राम्रो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077