Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको विश्लेषण - गठबन्धन सबै लाग्दा पनि एमालेलाई एक्ल्याउन सक्दैन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच दलीय गठबन्धनले पनि एमालेलाई हराउन नसक्ने विश्लेषण गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–४ जारी गर्दै राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो नभएको निष्कर्ष निकालेको हो।

एमाले तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर नभएर निर्वाचन केन्द्रित भएको विश्लेषण छ। ओलीले पार्टी नेता कार्यकर्तालाई गठबन्धनको मनोविज्ञान त्रासबाट मुक्त भएर निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन्।

स्थानीय निर्वाचनमा संविधानको अपव्याख्या गर्दै स्थानीय तहलाई रिक्त राख्ने, संविधान र लोकतन्त्रलाई जगैदेखि कमजोर बनाउने र साधनस्रोतको दोहन गरेर सत्ता गठबन्धनलाई लाभ पुर्‍याउने षड्यन्त्र परास्त भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077