Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक परिषदबारे शर्मा भन्छन् - ओलीको पालामा गलत भनिएको कुरा देउवाको पालामा पनि गलत

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।

शर्माले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधानसहित विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर प्रश्न गरेका छन् ।

यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको महामन्त्री शर्माको भनाइ छ । सामाजिक सन्जालमा शर्माले लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’

ओलीको पालामा गलत भनिएको कुरा देउवाको पालामा गलत नै हुने कुरामा आफूहरु प्रष्ट रहेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077