Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

    भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् ।

    यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् ।



    त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार