Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सीपीसीका विदेश विभाग प्रमुख जियान्चाओले प्रचण्डसँग भेट्दै

    सीपीसीका विदेश विभाग प्रमुख जियान्चाओले प्रचण्डसँग भेट्दै

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 921
    SHARES

    काठमाडौं । आइतबार नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् ।

    आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेका जियान्चाओले सोमबार प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।



    त्यसअघि चिनियाँ पाहुना टोली साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित बीपी संग्रहालयको अवलोकनमा जाने कार्यक्रम छ। त्यहाँबाट फर्केपछि उक्त टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ।



    अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होटल सोल्टीमा सो टोलीले भेटवार्ता गर्नेछ। त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ ।

    सीपीसीका विदेश विभाग प्रमुख लिउ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाडौं आएका हुन् । लिउ जियान्चाओले राष्ट्रपति विद्यादेवी भण्डारी, अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार