एजेन्सी । मोरक्कोका राजा मोहम्मद छैटौँले ईद अल–अदाको अवसरमा ९७९ जनालाई बाँकी सजाय माफी गरेका छन् ।
मोरोक्कोको न्याय मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी आधाभन्दा बढी कैद सजाय बिताएका ९७९ जनाको सजाय राजाबाट माफी भएको बताएको छ ।
धेरै अरब देशहरूले जस्तै मोरक्कोले पनि विश्वभरका मुसलमानहरूका लागि सबैभन्दा महत्वपूर्ण पर्वहरूमध्ये एक ईद अल(अदामा कैदीहरूलाई क्षमा दिने परम्परा रहेको छ ।
क्षमा सूचीमा भएका अधिकांश कैदीहरूको कैद सजाय घटाइएको वा पूर्णतया खारेज गरिएको छ भने तिनीहरू मध्ये केहीको जरिवाना घटाइएको वा मिनाहा गरिएको छ ।
Leave a Reply