काठमाडौं । जिल्ला आयुर्वेद कार्यालय पर्साको पूर्व प्रमुख डा. देवेशचन्द्र पाठकले भारतको नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ ।
रौतहट जिल्लाबाट बंशजको आधारमा नागरिकता लिएका पाठकले भारतीय आधारकार्ड पनि लिएको स्रोतको दावी छ । पाठकका छोरा रमेश पाठकलाई भारतीय सरकारले दिएको आवासीय प्रमाणपत्रमा डा. देवेशचन्द्र पाठक र उनकी श्रीमती उर्मिला पाठक भारतीयका स्थायी बासिन्दा भएको उल्लेख गरिउको छ ।
उक्त प्रमाणपत्रमा डा. देवेशचन्द्र पाठक र श्रीमती उर्मिला पाठकका छोरा रमेश कुमार पाठक मुहल्ला मथुराडीह, पोष्ट तुर्की खरारु, थाना मीनापुर, अनुमण्डल पूर्वी, जिल्ला मुजफ्फरपुर को स्थायी निमासी भनेर उल्लेख गरिएको छ । यसले डा. देवेशचन्द्र पाठक भारतीय नागरिक भएको पुष्टि गर्ने उजुरीमा उल्लेख गरिएको छ ।
दोहोरो नागरिकता धारण गरेका पाठकबिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेपनि प्रशासनले अहिलेसम्म कुनै कारवाही गर्न सकेको छैन । पाठकले आफ्ना छोराहरुलाई अंशवण्डा हुनु पूर्व भारतको रक्सौलमा लाखौ रुपैयाँको लागतमा घडेरी खरिद गरेको समेत उजुरीमा उल्लेख छ ।
पाठकले आयुर्वेद उद्योग सञ्चालनका लागि भन्दै कान्छो छोरोको नाममा रहेको वीरगञ्ज महानगरपालिकाको वडा नं ३ स्थित ७ धुर जग्गामा निर्माण भएको घरमा भाडामा लिएका छन् । तर, उनले वर्षौदेखि भाडा नतिरेको बताइएको छ । उल्टै त्यो घरमा बैंकमा राख्न लगाएर त्यसबाट आएको पैसा समेत चलाएको पनि स्रोतको दावी छ ।
नेपाल सरकारको अधिकृत समेत भइसकेका ब्यक्तिले कानून विपरित दुई देशको नागरिकता लिएको पुष्टि हुँदा समेत प्रशासनले कुनै कारबाही गर्न सकेको छैन । उजुरीमा पाठकले सरकारी सेवामा रहँदा अनियमित रुपमा सम्पत्ति आर्जन गरेको समेत उल्लेख गरिएको छ ।
Leave a Reply