काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा स्वास्थ्य परीक्षणका लागि नयाँदिल्ली पुगेकी छन्।
उनको साथमा छोरा जयवीर देउवा पनि दिल्ली गएका हुन्। आरजु नेपाल एयरलाइन्सको विमानबाट आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेको स्रोतले जानकारी दिएको छ।
आरजु लामो समयदेखि ढाडको समस्याबाट ग्रसित छन्। दिल्लीमा विगत पाँच वर्षदेखि उनले उपचार गराउँदै आएकी छन्।
उनी फ्लोअपका लागि छोरासँग दिल्ली गएको बताइएको छ। यसअघिका दिल्ली भ्रमणमा आरजुले भारतीय सत्तारुढ बीजेपीका नेताहरुसँग भेट गरेकी थिइन्।
Leave a Reply