Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन पूर्व अध्यक्ष सक्रिय

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन विद्यार्थी संगठनका तीन पूर्व अध्यक्षहरू सक्रिय रुपमा लागेका छन् ।

अखिल क्रान्तिकारीमा विवाद देखिएपछि तीन पूर्व अध्यक्षको नेतृत्वमा एक कमिटी बनाएको हो ।

गत शनिबार बसेको स्थायी समिति बैठकले पार्टी पोलिटब्युरो सदस्य एवम पूर्व अध्यक्ष रमेश मल्ल,केन्द्रीय सदस्य एवम पूर्व अध्यक्षद्वय रत्न ढकाल र नरेन्द्र न्यौपानेको नेतृत्वमा तीन सदस्यीय विवाद समाधान कमिटी गठन गरिएको थियो ।

तीन सदस्यीय कमिटीलाई हप्ता दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन समय दिएको छ । अखिल क्रान्तिकारीमा पञ्चा सिंहले आफ्नो नेतृत्वमा कमिटीलाई पूर्णता दिए लगतै तत्कालिन सचिव पवन कार्कीले असहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077