काठमाडौं । बजेटमाथि छलफल चलिरहेका बेला माइक बिग्रिएपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
आइतबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा माइकमा प्राविधिक समस्या आएको बताउँदै सभामुख नेत्रनाथ अधिकारीले ३० मिनेटका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
बजेटमा सांसदले मुख्यमन्त्री र मन्त्रीले बाबु आमाको नाममा ट्रस्ट खोल्दै करोडौं रकम राख्दा जनताले ५ लाखको खानेपानी, सडक, विद्युत्का योजना नपाएको एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।
अधिकारीले पछि थप गरिएका २८ करोडका योजनाको लागि बजेट कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि प्रश्न गरेका थिए ।
Leave a Reply