नवलपरासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १२ लाख बढी मूल्य पर्ने चिनी प्रहरीले बरामद गरेको छ ।
आइतबार बिहान मात्र ट्रकमा लोड गरी लैजादै गरेको तस्करीको चिनीलाई प्रहरीले बर्दघाटको टिसिएन चोकबाट बरामद गरेको हो।
नवलपरासीको बर्दघाट बजारबाट चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
ना ६ ख २३८८ नंम्बरको ट्रकमा लोड गरी चितवनतर्फ लैजान लागेको ४ सय १८ बोराको चिनीको तौल २० हजार ८ सय ९४ केजी छ। जसको मूल्य १२ लाख ५३ हजार कायम गरिएको प्रहरीले जनाएको छ ।
Leave a Reply