Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • वैशाखयता विपद्जन्य घटनामा ११८ को मृत्यु

    वैशाखयता विपद्जन्य घटनामा ११८ को मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 786
    SHARES

    file photo

    काठमाडौं । वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु भएको जनाएको छ । एक बेपत्ता र २७१ घाइते भएका छन् ।



    प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ । कूल १४० चट्याङ परेकामा ११७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख छ ।



    प्राप्त विवरणमा आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरोमा परेर १५, बढीका कारण तीन र हावाहुरीका कारण नौजनाको मृत्यु भएको हो ।

    ती घटनाबाट एक हजार ३४७ परिवार प्रभावित भएका छन् । ६६ करोड ५९ लाखभन्दा बढीको क्षति भएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार