Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ज्ञानेन्द्रबहादुर कार्की भन्छन् – मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गएको छैन

    ज्ञानेन्द्रबहादुर कार्की भन्छन् – मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गएको छैन

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् ।

    मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गईरहेको छ भनेर भ्रममा पार्ने कोशिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि उनले सबैलाई आग्रह गरे ।



    शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि दोहोर्‍याए। सबैले एकताबद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सबल बनाउन सकिने उनको दाबी छ।



    ‘मुलुकको अर्थतन्त्रमा चुनौतीहरु छन्। तिनलाई हामीले सामना गर्नु पर्दछ,’ उनले भने, ‘एकताका साथ दूरदृष्टि राखेर अगाडि बढयौं भने हाम्रो अर्थतन्त्र सबल हुनेछ ।’

    मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार