Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • चालू वर्षको ११ महिनामा नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात

    चालू वर्षको ११ महिनामा नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 936
    SHARES

    काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।

    भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात हुने अलैँची दक्षिण एसियाकै २ वटा देशमा निर्यात हुने गरेको छ ।



    नेपालबाट यस अवधिमा भारत र पाकिस्तानमा अलैँची निर्यात भएको विभागको तथ्याङ्क छ । नेपालबाट भारतर्फ ४ अर्ब ५२ करोड रुपैयाँको अलैँची निर्यात भएको छ ।



    यस अवधिमा भारततर्फ ४९ लाख ८० हजार किलोग्राम अलैँची निर्यात भएको छ । यस्तै, पाकिस्तानतर्फ ३ करोड ४४ लाख रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैँची निर्यात भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार