Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीले साउनदेखि सबै प्रदेशमा चुनावलक्षित प्रशिक्षण गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी सबै प्रदेशमा भेला र प्रशिक्षण गर्ने भएको छ ।

आज शनिबार बसेको बैठकले माओवादी केन्द्रले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुने छ । साउन १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १ मा, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम, २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।

पार्टी केन्द्रसँग समन्वय गर्नका लागि प्रदेशका इन्चार्जको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077