एजेन्सी । अर्बपति एलोन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने योजनाबाट पछि हटेका छन् ।
विभिन्न आरोप लगाउँदै उनले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने बताएका हुन् ।
मर्जर सम्झौताको उल्लंघन भएको आरोप उनको छ । ट्वीटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएको पनि मस्कको आरोप छ ।
मस्कले यही अप्रिलमा ट्विटर किन्ने निर्णय गरेका थिए । यसैबीच ट्वीटरले सम्झौता कार्यान्वयन गराउन कानुनी कारबाही गर्ने भउको छ ।
Leave a Reply