Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • आजको मौसम : देशभर विहानैदेखि वर्षा, सर्तकता अपनाउन अनुरोध

    आजको मौसम : देशभर विहानैदेखि वर्षा, सर्तकता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान पश्चिमी क्षेत्रका चारवटा प्रदेशमा वर्षा भइरहेको छ ।

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । एकदुई स्थानमा भारी वर्षा समेत भइरहेको छ । बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



    आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखी पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार