Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्र प्रहरीका हवल्दार थुनामा

    गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्र प्रहरीका हवल्दार थुनामा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एकजना सशस्त्र प्रहरीका कर्मचारी कारबाही परेका छन् ।

    संगठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बल¸ नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भइ हाल दार्चुलामा कार्यरत कार्यरत का।मु। वरिष्ठ हवल्दार नरेशसिंह शाहु कारबाहीमा परेका हुन् ।



    उनले सशस्त्र प्रहरी ऐन¸२०५८ विपरीत गोप्य सूचना चुहाएको भन्दै सशस्त्र प्रहरी विषेश अदालतमा २२ असारमा मुद्दा दायर भएको सशस्त्र प्रहरीको प्रधान कार्यालय, हल्चोकले जनाएको छ ।



    सोही बमोजिम शाहुलाई शुक्रबारको थुनछेकको बहसको क्रममा सशस्त्र प्रहरी विशेष अदालतको आदेशमा पछि ठहरे बमोजिम हुने गरी हाललाई पूर्पक्षका लागि थुनामा पठाइएको सशस्त्र प्रहरीको मुख्यालले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार