Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवाजुद्दीन सिद्दिकीकी पत्नीविरुद्ध ठगीको आरोप

एजेन्सी । नवाजुद्दीन सिद्दिकीकी पत्नी तथा निर्माता आलिया सिद्दिकीको फिल्म ‘होली काउ’ को रिलिज मिति हालै घोषणा गरिएको छ ।

चलचित्र अगस्ट २६ मा सिनेमाघरमा रिलिज हुँदैछ । यद्यपि यो फिल्मको क्रिएटिभ प्रोड्युसर मञ्जु गढवालले आलिया सिद्दिकीमाथि ठगी गरेको गम्भीर आरोप लगाएकी छिन् ।

मञ्जुले आलियाले विगत साढे तीन वर्षदेखि आफ्नो करिब ३३ लाख रुपैयाँ भुक्तानी नगरेको दाबी गरेकी छन् ।

उनले आलियाविरुद्ध मुम्बईको सिने अर्गनाइजेसन फेडरेसनमा मुद्दा पनि दर्ता भएको बताए । त्यहाँ पछिल्लो दुई महिनादेखि आलियालाई आफ्नो पक्ष राख्न बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077