Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सङ्खुवासभा । मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र ३१ जना घाइते भएका छन्।

मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

मलामी बोकेर फर्किंदै गरेको ट्रयाक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो । सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077