Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संसदबाट सरकारले फिर्ता लियो नागरिकता विधेयक

    संसदबाट सरकारले फिर्ता लियो नागरिकता विधेयक

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 855
    SHARES

    काठमाडौं । सरकारले संसदबाट नागरिकता विधेयक फिर्ता लिएको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

    सोही निर्णयअनुसार आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका हुन्।



    २०७५ सालमा संसदमा पेश भएको विधेयक चार वर्षपछि सरकारले फिर्ता लिएको हो।



    संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन बुझाइसके पनि दलहरुबीच केही प्रावधानमा सहमति नजुटेपछि विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउने तयारी सरकारले गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार