काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन्।
राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका
विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएका राष्ट्रपति कार्यालयले जनाएको छ।
Leave a Reply