Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • अन्तर्घात गर्नेलाई कारवाही गर्न ५ सदस्य कमिटी बनाउँदै माओवादी

    अन्तर्घात गर्नेलाई कारवाही गर्न ५ सदस्य कमिटी बनाउँदै माओवादी

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 765
    SHARES

    काठमाडौं । स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गर्न नेकपा माओवादी केन्द्रले कमिटी गठन गर्ने भएको छ ।

    केन्द्रीय समिति बैठकबाट अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा समिति बनाएर अन्तर्घात गर्नेलाई कारवाही गर्ने तयारी गरेको हो ।



    गत वैशाख ३० गते भएको स्थानीय चुनावमा अन्तर्घात गरेर पार्टीका उम्मेदवारलाई हराउन नेतालाई कारवाही गर्न कमिटी बनाएको माओवादीस्ले जनाएको छ । छानविन गर्न टंकको नेतृत्वमा ५ सदस्य कमिटी बनाउने र कमिटीले १५ दिन लगाएर छानविन गरेर रिपोर्ट बुझाउने छ ।



    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिमा पेश भएको प्रतिवेदनमा कतिपय स्थानीय तहमा पार्टीभित्रको गुटबन्दी, असहयोग एव अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटनाहरू देखा परेको औंल्याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार