सल्यान । १४ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ ।
जाजरकोट भेरी नगरपालिका–१२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सल्यानले प्रकाउ गरेको हो ।
किशोरीलाई ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा त्यहाँ गएर जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान गरिरहेको सल्यान प्रहरीले जनाएको छ ।
Leave a Reply