Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईजीपी सिंह र काठमाडौंका मेयर साहबीच भेटवार्ता, ट्राफिक र फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

मेयर साह आईजीपी सिंहलाई भेट्न आज प्रहरी प्रधान कार्यालय पुगेका हुन् । आईजीपी सिंह र मेयर साहाबीच काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको बताइएको छ ।

मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे पनि छलफल भएको बुझिएको छ ।

विगत लामो समयदेखि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या देखिदै आएको छ । महानगरले प्रशासनको प्रयोग गरेर फोहोर व्यवस्थापन गरेको भए पनि पछिल्लो समय भने नुवाकोटको सिसिडोका स्थानीयबासी र जनप्रतिनिधिबीच सहमती भएर फोहोर व्यवस्थापन हुँदै आएको छ । तरपनि काठमाडौैंको फोहोर समयमै उठ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077