Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

कपिलवस्तु । करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ ।

कपिलवस्तुको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी तेलीको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077