Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले एसपीपीको मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण गरेको जनार्दन शर्माको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण भएको बताएका छन् ।

एसपीपीमा सहभागी हुन पत्राचार गरेको विषयमा एमाले नेतृत्वको सरकार दोषी देखिएको भन्दै शर्माले त्यही मुद्दालाई ओझेल पार्न आफूमाथि आक्रमण भएको बताएका हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको भन्दै शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले बुधबार विशेष समिति गठन गरेको छ । समिति गठन भएपछि शर्माले बुधबार नै अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

राजीनामाको भोलिपल्ट बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा माओवादी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै शर्माले भने, ‘एसपीपीमा राष्ट्रघात भएको मुद्दा ओझेल पार्न यो मुद्दा उठाइएको हो’ उनले भने, एसपीपीको मुद्दा ओझेल पार्न जुन खालको व्यवहार गरिएको छ । यसको प्रतिवाद गर्न आवश्यक छ ।’

शर्माले हाल निर्वाचन आयुक्त रहेका तत्कालिन रक्षा मन्त्रालयका सचिव ईश्वरीप्रसाद पौडेलको भनाइ बाहिर आएपछि एसपीपीमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको पुष्टि भएको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077