कञ्चनपुर । कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ दिने शिशुको मृत्यु भएको छ।
जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको ३ दिने शिशुको मृत्यु भएको हो।
अनिताले ३ दिनअघि धनगढीको सेती प्रादेशिक अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। एम्बुलेन्स अनियन्त्रित भएर एक घरमा ठोक्किएको बेलौरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अनिता, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।