काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा विवाद भएपछि एक घण्टाका लागि स्थगित भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्युरो सदस्यको नाम हलमा प्रस्तुत गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको हो ।
के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका छन् । प्रचण्डले प्रस्तुत गरेको १२५ सदस्यीय पोलिटब्यूरो गठनको मापदण्डमा प्रश्न उठाउँदै केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाएका छन्।
अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको १२५ सदस्यीय पोलिटब्यूरो गठन प्रस्ताव बैठकले पारित गरिसकेको छ।