Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनमा भएको अन्तर्घात छानबिनका लागि पूर्वन्यायाधीशलाई जिम्मा दिने प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा जाँचबुझ आयोग गठनको प्रस्ताव गरिएको छ ।

यद्यपि अध्यक्ष प्रचण्डले अहिले नै पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक जाँचबुझ गर्नु अनौठो हुने भन्दै सो प्रस्ताव स्थगन गरेका छन् ।

केन्द्रीय कमिटी बैठकमा मधेसमा भएको चरम अन्तर्घातको छानबिनका लागि नेता मात्रिका यादवले न्यायिक जाँचबुझ आयोग गठनको कुरा उठाएको प्रचण्डले बताए ।

तर, उनले टंक राई नेतृत्वको अनुशासन आयोग नै त्यसका लागि काफी रहेको बताए । राई कुनै गुटमा नरहेकाले उनलाई विश्वास गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077