Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी साधनमा लेखिएका सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएका अश्लिल गाली र कानून विपरितका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउन थालेको छ ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान अन्यत्र मोडिएर दुर्घटना हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता सायरी र गजल हटाउन थालेको हो ।

नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी सवारीको सिसामा स्टिँकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचितसमेत गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077