काठमाडौं । सानो भर्याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् ।
वनस्थलीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा ९५ प ९७२३ नम्बरको स्कुटर गएराती सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो ।
घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो ।