Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान

    मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 876
    SHARES

    सप्तरी । मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ ।

    न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार अबेर ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिएको हो ।



    मंगलबार दुवैको बयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि दाजु बहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको अदालतले जनाएको छ । सोही मुद्दामा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



    साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरब्याज असुली गर्ने र धेरैजसो ऋणीले ब्याज चुक्ता गर्दा पनि धितो फिर्ता नगरेको आरोप छ । सप्तरीकै नौ जनाले साह परिवारमाथि संयुक्त रुपमा ठगी तथा आपराधिक विश्वासघातका उजुरी हालेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार