Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जमैकाबाट सन्दीप लामिछानेले सीपीएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजको क्यारेवियन प्रिमियर लिग ९सीपीएल० २०२२ जमैका तलावाजबाट खेल्ने भएका छन् । जमैकाले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

सन्दीपसँगै पाकिस्तानका इमाद वासिम, मोहम्मद आमिर, अस्ट्रेलिया क्रिस गिन र दक्षिण अफ्रिका मिगेल प्रिटोरियसलाई टोलीमा राखेको छ । इमाद, ग्रिन र प्रिटोरियस २०२१ मा पनि जमैकाको टोलीमा रहेका थिए ।

सीपीएल अगस्ट ३१ देखि सेप्टेम्बर ३० सम्म चल्नेछ । सन्दीपले २०१८ देखि २०२० सम्मको तीन सिजनमा जमैका, बार्बाडोस र सेन्ट किट्स एन्ड नर्भिसबाट २२ खेलमा २७ विकेट लिएका छन् ।

सन्दीपले २०२० को संस्करणमा जमैकाबाट खेल्दै सानदार प्रदर्शन गरेका थिए । उक्त सिजनमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077