Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सूचना नदिने ३२ कार्यालय प्रमुखलाई कारबाही

    सूचना नदिने ३२ कार्यालय प्रमुखलाई कारबाही

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन् । नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ ।

    आयोग र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सहकार्यमा काठमाडौंमा आज आयोजित सूचनाको हकसम्बन्धी अन्तर्क्रियामा आयुक्त रत्नप्रसाद ९दीपक० मैनालीले पछिल्लो दुई वर्षमा १२ कार्यालय प्रमुखलाई कारबाही गरिएको जानकारी दिँदै सूचनाको हकलाई देशैभर नागरिक तहसम्म पुर्‍याउन पत्रकार महासंघसँग समन्वय भइरहेको बताए ।



    नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले संविधानमा मौलिक हकका रूपमा स्थापित सूचनाको अधिकार पत्रकारका लागि मात्र नभएर आम नागरिकको सरोकारको विषय बन्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले मुलुकमा सुशासन कायम गर्न सूचनाको महत्व रहेको बताउँदै नागरिक सुसूचित हुनुपर्ने विषयलाई दृष्टिगत गर्दै रूपचन्द्र विष्टले थाह आन्दोलन प्रारम्भ गरेको स्मरण गरे ।



    अनलाइन टेलिभिजन पत्रकार संघका अध्यक्ष जीवन भण्डारी, पत्रकार दामोदर दवाडी, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी, सोही शाखाका सचिव महेश गौतमलगायतले सरकारले नागरिकलाई जानकारी गराउनुपर्ने कतिपय सूचना लुकाउने गरेको बताउँदै बजेट निर्माणका क्रममा कर परिवर्तनका विषयमा हालै अर्थ मन्त्रालयमा भएका घटनाक्रमका सूचना नागरिकले प्राप्त गर्नुपर्नेमा जोड दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार