एजेन्सी । नाइजेरियाको राजधानी सहर अबुजाको जेलमा अज्ञात बन्दुकधारीले आक्रमण गरेका छन् ।
मंगलबार भएको आक्रमणमा एक कैदीको मृत्यु र कम्तिमा तीनसय कैदी फरार भएका छन् ।
घटनामा अन्य तीन जना घाइते भएका पनि बताइएको छ। आक्रमणकारीहरूले मंगलबार राति अबुजाको दक्षिण पश्चिममा पर्ने कुजा क्षेत्रमा रहेको सुधार गृहमा आक्रमण गरेका थिए।
उनीहरूले करिब ६०० जना कैदीबन्दीलाई छुटाए पनि अहिलेसम्म भाग्ने कैदीबन्दीको आधा संख्यालाई पुनः सुरक्षा नियन्त्रणमा लिइएको यहाँका आन्तरिकमामिला मन्त्रालयका स्थायी सचिव शुइबु बेगोरले बताए ।
Leave a Reply