Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एघार महिनामा ५१ करोडको राइस कुकर आयात

    एघार महिनामा ५१ करोडको राइस कुकर आयात

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं ।चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालले ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर नेपाल भित्रिएको हो ।

    सो अवधिमा विश्वका १७ वटा देशबाट ५१ करोड ४६ लाख ७७ हजार रुपैयाँको राइस कुकर नेपालले आयात गरेको छ । उक्त मूल्यमा नेपालमा ३ लाख ८० हजार ७७२ थान राइस कुकर भित्रिएका छन् ।



    पछिल्लो एघार महिनामा नेपालले बहराइन, ब्रुनाई, क्यानडा, चीन, हङकङ, भारत, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंङ्गापुर, थाइल्याण्ड, युनाइटेड अबर इमिरेट्स र भियतनामबाट राइस कुकर आयात गरेको छ । नेपालमा सबैभन्दा बढी राइस कुकुर चीन, भारत र दक्षिण कोरियाबाट आउने गरेको छ ।



    उक्त अवधिमा चीनबाट ४६ करोड २६ लाख ६८ हजार रुपैयाँ, भारतबाट २ करोड ६५ लाख ४९ हजार रुपैयाँ र कोरियाबाट १ करोड ३५ लाख ४२ हजार रुपैयाँको राइस कुकर आएको छ । अघिल्लो आर्थिक २०७७र७८ मा १८ देशबाट नेपालमा ४४ करोड ९१ लाख २६ हजार रुपैयाँको राइस कुकर भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार