Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : अर्थमन्त्रीले बोल्न थालेपछि एमाले सांसद बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विशेष समय लिएर बोल्न थालेपछि नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्नका लागि समय उपलब्ध गराएसँगै एमालेका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । त्यसअघि एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीका हैसियतले संसदमा सम्बोधन गर्न नमिल्ने बताएका थिए ।

जसका विरुद्ध छानबिनका लागि संसदीय समिति बनेको छ, उसैले मन्त्रीको हैसियतमा संसदमा सम्बोधन गर्न नपाइने भट्टराईको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077