Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बजेट निमार्ण आफूहरुको चासो र सरोकार बाहिरको कुरा हो : चौधरी ग्रुप

    बजेट निमार्ण आफूहरुको चासो र सरोकार बाहिरको कुरा हो : चौधरी ग्रुप

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 795
    SHARES

    काठमाडौं । चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीले आगामी आर्थिक वर्षको बजेट निमार्ण आफूहरुको चासो र सरोकार बाहिरको कुरा रहेको बताएका छन्।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको कुनै पनि संलग्नता र चासो नरहेको उल्लेख गरेका हुन् ।



    यस मामिलामा उनले चौधरी ग्रुपको संलग्नताको बारेमा विना आधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी आएकोप्रति खेद प्रकट समेत गरेका छन् । बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको सहभागिता वा संलग्नता पुष्टि भएमा कारवाही भोग्न तयार रहेको समेत चौधरीले उल्लेख गरेका छन् ।



    यस्तै, चौधरीले बजेट निर्माण प्रक्रियामा आफूहरूको संलग्नता पुष्टि नभएमा मिथ्या आरोप लगाउनेहरूलाई कारवाही गर्नेसम्मको चेतावनी दिएका छन् । चौधरी ग्रुपमाथि आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेरमा संलग्न भएको आरोप लाग्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार