Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दाउरा खोज्न गएकी महिलालाई बलात्कार गरेर फरार भाट सात वर्षपछि पक्राउ

काठमाडौं । बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका फरार प्रतिवादीलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी )ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको सोनपुर घर भएका ३४ वर्षीय जोहरु भाट छन् ।

२०७८ असारमा अदालतले भाटलाई ७ वर्ष कैद र ५० हजार क्षतिपूर्ति हुने फैसला गरेको थियो । भाटले गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई बलात्कार गरेका थिए ।

फैसलापछि उनी फरार थिए । उनलाई जमुनाहबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077