काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ ।
आयोग पदाधिकारीले छलफलका लागि हिजो मंगलबार नै समय मागे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बुधबारलाई समय तय भएको हो ।
प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी गरेका छन् ।
आयोगका अनुसार आयोगले कात्तिक ३०, मंसिर २ र ५ गरी तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी छ । निर्वाचन सम्पन्न गर्न करिव नौ अर्व खर्च लाग्ने पनि आयोगको अनुमान छ ।
Leave a Reply