Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिकता विधेयक फिर्ता लिएसंगै आजै नयाँ विधेयक ल्याउने सरकारको तयारी

    नागरिकता विधेयक फिर्ता लिएसंगै आजै नयाँ विधेयक ल्याउने सरकारको तयारी

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 954
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएसंगै सरकारले  आजै नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो।



    मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो ।



    संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारले जनाएको छ । प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार