Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठकमा विवादित अर्थमन्त्री शर्माको बारेमा छलफल नै भएन्

काठमाडौं । विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको विषयमा प्रवेश नै नभई आकस्मिक भनिएको मन्त्रिपरिषद्को बैठक सकिएको छ ।

बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको र सो प्रकरणलाई ढाकछोप गर्न अर्थमन्त्रालयको सीसीटीभी फुटेज डिलिट गरेको विषयमा अर्थमन्त्रीशर्मा विवादित छन् । तर आजको बैठकमा अर्थमन्त्री शर्माको राजीनामा वा बर्खास्तीको विषय प्रवेश नै नगरी मन्त्रिपरिषद्को बैठक सकिएको हो ।

सत्ता गठबन्धन दलकै नेताहरूले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका छन् । उनलाई प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गर्ने र राजीनामा नदिएमा बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । तर आजको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीको बारेमा एक शब्द पनि कुरा नउठेको बताइएको छ ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षका लागि बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराएको भन्दै सरकारको पनि आलोचना भइरहेको छ । अर्थमन्त्रीले शर्माले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077