Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युट्युबमा अश्लिल सामाग्री प्रसारण गर्ने युट्युबर पक्राउ

काठमाडौं । युट्युब च्यानल मार्फत अश्लिल शिर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गर्ने व्यक्ति पक्राउ परेका छन् ।  साइबर ब्युरोले ‘४ रियल टीभी’ नामक युट्युब च्यानल संचालकलाई अश्लिलता फैलाएको आरोपमा पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले युट्युब च्यानलका संञ्चालक वाकोट बेलकोटगढी–७, महादेवफाँट घर भई काठमाडौं बस्दै आएका २२ वर्षीय प्रवेश लामालाई प्रकाउ गरेको हो ।

पक्राउ परेका लामालाई विधुतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुर गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ब्यूरोले उक्त च्यानलमार्फत अश्लील शिर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई युट्युब लागायत सामाजिक संजालमा प्रसारण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077