Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मन्त्रीका गतिविधि प्रधानमन्त्रीको निगरानीमा रहेको प्रवक्ता महतको भनाई

    मन्त्रीका गतिविधि प्रधानमन्त्रीको निगरानीमा रहेको प्रवक्ता महतको भनाई

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 939
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्रीका गतिविधिहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।

    मंगलबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग प्रवक्ता महतले सरकारका मन्त्रीहरूका गतिविधि कानुनभन्दा बाहिर गएर हुन नमिल्ने बताए ।



    बजेट निर्माणमा बिचौलियालाई सहभागी गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने माग आइरहेका बेला प्रवक्ता महतले त्यसबारे सत्यतथ्य बुझेर प्रधानमन्त्रीले निर्णय लिनसक्ने बताए ।



    ‘हाम्रो पार्टीमा अहिले त्यसबारे छलफल भएको छैन । तर, सरकारमा जुनसुकै दलका मन्त्री किन नहुन् ? सम्बन्धित मन्त्रालयको जुन जिम्मेवारी छ, त्यहाँ कसरी काम गर्ने भन्ने कानुनको परिधि छ, त्यो परिधिभित्र रहेर काम गर्नुपर्छ । कसैले त्यो कानुनी घेरा नाघेको छ भने त्यसको सत्य तथ्य बाहिर आउनुपर्छ, प्रधानमन्त्रीजीले पनि त्यो विषयलाई निगरानी गरिरहनुभएको छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार