काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘अर्थमन्त्री राजीनामा दे’,’अर्थमन्त्रीलाई बर्खास्त गरु सीसी टीभी फुटेज सार्वजनिक गर भन्दै नाराबाजी गरेका छन् ।
उनीहरुले बजेट निर्माण प्रकृयाका क्रममा भएको गतिविधिको सीसी टीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।
Leave a Reply