Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पदाधिकारी चयनबारे ठोस प्रस्ताव तयार गर्ने जिम्मा प्रचण्डलाई

    पदाधिकारी चयनबारे ठोस प्रस्ताव तयार गर्ने जिम्मा प्रचण्डलाई

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 927
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुले पार्टीको पदाधिकारीसहित बाँकी रहेका कमिटीहरु टुंग्याउनेबारे ठोस प्रस्ताव ल्याउने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

    प्रचण्ड निवास खुमलटारमा मंगलबार बसेको बैठकमा नेताहरुले पदाधिकारी तथा कमिटीहरु समयमा नटुंग्याए नराम्रो सन्देश जाने कुरा राखेका थिए ।



    यसका लागि अध्यक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने नेताहरुको सुझाव रहेको थियो । छलफलपछि बैठकले यसबारे प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको छ ।



    यस्तै प्रचण्डले यही मेसोमा स्थायी समिति र पोलिटब्यूरो पनि टुंग्याउन छलफल गरिरहेका छन् । प्रचण्डले सहमति जुटाउनकै लागि प्रचण्डले आज बस्ने भनिएको बैठक स्थगित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार