Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामेछाप बस दुर्घटना : थप ४ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १३ पुग्यो

काठमाडौं । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

धुलिखेल अस्पतालमा घाइतेमध्ये थप ४ जनाको मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।

मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

२० जनाको धुलिखेल अस्पताल र थप १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077