Online Nepal
  • बुधबार, १० पुष २०८१
  • संखुवासभाको मादीमा सामूहिक हत्याकाण्ड : चार जनालाई आजीवन कैद

    संखुवासभाको मादीमा सामूहिक हत्याकाण्ड : चार जनालाई आजीवन कैद

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 1.3K
    SHARES

    संखुवासभा । संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका अभियुक्तमध्ये चारलाई आजीवन काराबासको फैसला सुनाइएको छ ।

    जिल्ला अदालत संखुवासभाले सोमबार हत्यामा संलग्न चार जनालाई आजीवन कैद र प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो ।



    हत्यामा संलग्न रहेको अभियोगमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुर कार्की र उनका बुबा ४९ वर्षीय रणबहादुर कार्कीलाई अजीवन कैदको फैसला भएको हो । यस्तै लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई १६ वर्ष तीन महिना कैदको फैसला भएको छ ।



    प्रहरीले सुरुमा लोकबहादुर कार्कीलाई मात्रै पक्राउ गरे पनि पछि अन्यको पनि संलग्नता खुलेको थियो । साथै मुख्य योजनाकार नै खड्गबहादुर कार्की भएको खुलेको थियो।

    २०७८ भदौ २१ गते बिहान साढे ५ बजेतिर खोलागाउँका तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमति कमला, बुहारी रञ्जना कार्की, नाती दिपेन कार्की र नातीनी गोमा कार्कीको विभत्स हत्या भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार