Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।

बा ३ ख ८३९६ नम्बरको बस लुभुखोला माथिको घुम्तीबाट तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्लाको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको प्रहरीलेले जनाएको छ ।

मृतकको शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको जानाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077